धरानः क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को आइतबार काठमाडौंमा सम्पन्न ११ औं साधारणसभा तथा छैटौं अधिवेशनले राष्ट्रिय समाचार समितिकी पूर्व महाप्रबन्धक निर्मला आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा रामकला खड्का, महासचिवमा चन्दा विष्ट, सचिवमा रमिता लामा र कोषाध्यक्षमा रुकमणि पोखरेल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा संगीता लामा, सोनी शर्मा, दीपा आले, शोभा मानन्धर, सीता विके, दुर्गा अधिकारी र वरिष्ठ सदस्यमा अमिका राजथला चयन भएका छन् ।
अधिबेशनको उद्घाटन प्रेस काउन्सिलका सदस्य दीपक पाण्डे र नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले गरेका थिए । कार्यक्रममा बोल्दै महासचिव विष्टले पछिल्लो समयमा पत्रकारिता क्षेत्रमा महिलाको सहभागिता बढ्नु सकरात्मक रहेको बताए । काउन्सिलका सदस्य पाण्डेले पत्रकार महिलाको हकहितका सवालमा आफूले सधैं साथ दिने बताए । सन् २००६ मा स्थापना भएको यस संस्थामा नेपालका विभित्र सञ्चारगृहमा क्रियाशील व्यवसायिक महिला पत्रकारहरु आवद्ध रहेका छन् ।