Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बालिका स्कुलका बालिकाको प्रतिभा (भिडिओ)

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७७, शनिबार
बालिका स्कुलका बालिकाको प्रतिभा (भिडिओ)

धरानः धरान–१६ स्थित शारदा बालिका स्कुलका बालिका (छात्रा) हरु प्रतिभावान रहेका छन् ।
अधिकांश विद्यार्थी अतिरिक्त क्रियाकलापमा खप्पिस रहेका छन् । कोही गीत गाउन जान्दछन् भने कोही नृत्य गर्न त कोही नाटक, गीत, कथा, कविता लेख्न । अधिकांश विद्यार्थीमध्ये कक्षा–११ की एशिका राई, कक्षा–१२ की हेमा राई, कक्षा–१२ की मनिषा राई र कक्षा–६ की सोनिया मुर्मु गीत गाउन खप्पिस छन् ।
उनीहरुको विशेष रुचि भनेकै गीत–सङ्गीत हो । ‘मेरो रुचिको विषय नै गीत–सङ्गीत नै हो’, एशिका भन्छिन्, ‘अहिले गिटार किनेर गिटार पनि बजाउन जान्ने भइसकेको छु, भविष्यमा सफल कलाकार बन्ने लक्ष्य छ ।’ सोनिया भने गायनसँगै नृत्य पनि गर्न खप्पिस छिन् । उनले भविष्यमा गायक बन्ने लक्ष्य राखेको बताइन् ।
स्कुलभित्र हुने गरेका गायन प्रतियोगितामा भाग लिएर पुरस्कार समेत जितिसकेको अधिकांशले बताए । ‘धेरैपटक यही प्रतियोगितामा भाग लिएर पुरस्कार जितिसकेको छु’, हेमाले भनिन्, ‘भविष्यमा गीत–सङ्गीतमै रम्न चाहन्छु ।’ मनिषाले पढाइका साथै गीत–सङ्गीतमा पनि ध्यान दिँदै अघि बढ्ने बताइन् ।

प्रकाशित मिति: फाल्गुन १ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend