Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सियोन स्कुलका ‘गाउन खप्पिसहरु’ (भिडिओ)

हाम्रो कोशी आवाज
फाल्गुन १ २०७७, शनिबार
सियोन स्कुलका ‘गाउन खप्पिसहरु’ (भिडिओ)

धरानः धरान–१६ स्थित सियोन स्कुलमा वर्षेनी आयोजना हुँदै आएको सियोन आइडलले नयाँ–नयाँ प्रतिभा जन्माउँदै आएको छ । यसअघि नाङसाम मादेन सियोन आइडल बन्दै आफ्नै ‘मेरी आमा’ बोलकी गीत गाएकी थिइन् । त्यसपछि अन्य प्रतिभा पनि जन्मिरहे ।
यसैक्रममा कक्षा–१० का अयुव वान्तवा, सोल्मु मगर, अभिशेक तामाङ, गौरव तामाङ, अमन राई पनि प्रतिभावान विद्यार्थी हुन् । सबै छात्र गीत गाउन रुचाउँछन् । अमन राई २०१९ का सियोन आइडलका विजेता हुन् । भविष्यमा अधिकांशको लक्ष्य गायक बन्ने रहेको छ । अध्यापक उमेश प्रधानले विद्यालयले अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिइरहेकोले बालबालिकाहरुले प्रतिभा निखार्न पाइरहेको बताउँछन् । ‘स्कुलमै सियोन आइडल पनि हुन्छ’, उनले भने, ‘अन्य अतिरिक्त क्रियाकलापका क्रियाकलाप पनि भइरहन्छन् ।’

प्रकाशित मिति: फाल्गुन १ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend