Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

व्यक्तिगत स्वार्थले नै बनेन देश

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७७, आइतबार
व्यक्तिगत स्वार्थले नै बनेन देश

जीवन भनेको जन्म र मृत्युबीचको सानो ‘ग्याप’ हो, जसलाई सधैं खुशी राख्न सक्नुपर्छ । यसको लागि व्यक्तिमा अधिकतम इमान्दारिता हुनुपर्छ । नम्र बोल्दैमा, राम्रो लाउँदैमा, धेरै पढ्दैमा व्यक्ति इमान्दार हुन्छ भनी बुझ्नु आफू अज्ञानी हुनुसरह हो । इमान्दार व्यक्ति त्यो हो, जसले सिकेका कुराहरूलाई व्यवहारमा दुरुस्त उतार्न सक्छ, आफूमा भएको रिस, घमण्ड, अहङ्कार, इष्र्या, लालच इत्यादिलाई आफ्नो वशमा राख्न सक्छ, आफू र आफ्नो परिवारभन्दा आफ्नो समाज र देशप्रति बढी जिम्मेवार हुन मन पराउने गर्दछ । यस्तो इमान्दार व्यक्ति क्षणिक सुख प्राप्त हुने स्रोत भन्दा दीर्घकालीन समयसम्म टिकाउ रहने खुशीको स्रोतप्रति आकर्षित हुने गर्दछ । इमान्दारिता व्यक्तिको उच्च विचारको उपज हो जुन विकार चिजहरूको त्यागबाट मात्र सम्भव छ ।
इमान्दार व्यक्ति विवेकी हुन्छ जो अनावश्यक बोल्दैन, बोल्नुपरे धेरै विचार गरेर बोल्छ, तर्क गर्न रूचाउँदैन तर बढी अध्ययनशील, धैर्यवान र आफ्नो विचारप्रति प्रतिबद्ध हुन्छ साथै एकान्तमा बस्न मन पराउँछ । यस्तो विवेकशील व्यक्तिले जीवन र जगत लाई धेरै नजिक वाट बुझेको हुन्छ ।त्यसैले त यी इमान्दार व्यक्तिले आफ्नो इमान , इज्जत ज्यान जाला तर वेच्न चाहदैन । इमान्दार व्यक्तिले कामलाई पुजा गर्दछ नकि कामको परिणाम लाई । कामलाई पुजा गर्ने मान्छे लगनशील, मिहिनेती कर्तव्यनिष्ठ र सम्भवतः निरोगी हुन्छ । ऊ कामको परिणामले ल्याउने असरप्रति एकरती पनि विचलित नभई निरन्तर काम मै लागिरहन्छ र अन्ततः उसले सफलता प्राप्त गर्दछ ।
हो यिनै विवेकशील व्यक्तिले आफ्नो जीवनलाई सधै धेरै खुसी राख्न सक्छ । अब प्रशन उठ्छ तपाईलाई, यदि तपाईमा इमान्दारिताको सङ्कट छ भने । के हामी विवेकी हुने कि नहुने ? उपहारको रूपमा पाएको छोटो जीवनलाई अर्थपूर्ण बनाउने कि नबाउने ? मानव जीवन स्वार्थी नै हो त ? होइन भने निस्वार्थी हुन के गर्नु पर्छ त ? आफूलाई बदल्नुको विकल्प नै छैन । त्यसैले छिटो गरौं नत्र ढिलो होला कि ?
विश्वले सुन्दर मानेको देश नेपाललाई हाम्रा देशका नागरिक, कर्मचारी, कार्यकर्ता तथा नेताहरूद्वारा कुरूप बनाएका छौं । कारण एउटै मात्र छ त्यो हो इमान्दारिताको खडेरी । व्यक्तिगत स्वार्थले इमान्दारिता कप्लक्कै निल्छ अनि कहाँबाट बनोस् त देश । त्यसैले साँच्चै परिवार, समाज र देशको भलो चाहनु हुन्छ भने तपाईले आफ्नो मनस्थिति दह्रो बनाउनुस् परिस्थिति स्वतः अनुकूल बन्दै जानेछ । अर्थात् आफ्नो मन, वुद्धि र इन्द्रियहरूलाई नियन्त्रण गर्नुहोस् । बढीमा ५० प्रतिशत इमान्दारिता बहन गरेको महसुस गर्नुहुनेछ । आफू सहि बाटोमा हिँडेको र मनोवैज्ञानिक डर भागेको पनि महसुस गर्नु हुने छ ।
इमान्दार बन्ने विधिहरू
–उच्च सकारात्मक सोचको विकास गर्ने ।
–व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समूहको, समाजको र देशको सामूहिक स्वार्थमा समर्पित हुने ।
–आफ्नो मन, वुद्धि र सेन्समाथि नियन्त्रण राख्ने ।
–मान्छे केवल मान्छे मात्र होइन ऊ मानव बन्न पनि सक्छ र बन्नुपर्छ पनि भन्ने धारणा बनाउने ।
–असल व्यक्तिसँगको सामिप्यता बढाउने ।
–मनमा खराब विचारको सिर्जना तथा प्रवेशलाई प्राथमिकता दिदै नदिने ।
–रिस, घमण्ड, अहङ्कार र अनावश्यक अपेक्षा गर्दै नगर्ने ।
–सिकाइ र गराइमा एकरूपता ल्याउने ।
–आफ्नो योग्यता र क्षमतामा पूर्ण विश्वास गर्ने अर्थात् अरूसँग तुलना गर्दै नगर्ने ।
–प्रतिस्पर्धाको भावनालाई सहयोगको भावनाले विस्थापित गर्दै लैजाने ।
अन्त्यमा, व्यक्तिको नियतमा इमान्दारिता, व्यवहारमा इमान्दारिता र काममा इमान्दारिता देखिएमा उसले आफ्नो जीवनमा मानसिक सम्पन्नता अर्थात् उच्चतम खुशी प्राप्त गरेको महसुस गर्दछ । इमान्दारिता व्यक्तिको अमूल्य गहना हो जो सत्यतासँग जोडिएको हुन्छ । सत्य बोल्नु नै इमान्दारिताको पहिलो परिचय हो जसले छोटो जीवनलाई अर्थपूर्ण बनाउन अधिकतम सहयोग गर्दछ ।
उत्प्रेरक श्रेष्ठ धरानका विभिन्न कलेजका अध्यापक हुन् । लेखकः धरानका अध्यापक हुन् ।

प्रकाशित मिति: फाल्गुन ९ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend