Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः संसद पुनस्थापना गर्ने फैसला

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७७, मंगलबार
अन्ततः संसद पुनस्थापना गर्ने फैसला

धरानः सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याइदिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने घोषणा गर्दै प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए । सो निर्णयविरूद्ध सर्वाेच्च अदालतमा १३ रिट दर्ता भएका थिए। ती रिटमाथि संवैधानिक इजलासमा लामो बहस भएको थियो ।
आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनस्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले प्रतिनिधि पुनस्थापना गर्ने निर्णय गरेको हो ।
फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश समेत दिइएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, तेजबहादुर केसी, सपना मल्ल प्रधान र विश्वम्भर श्रेष्ठ थिए। पाँचै न्यायाधीशले सर्वसम्मत ऐतिहासिक फैसला सुनाएका हुन् ।
‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शून्य हुने गरी बदर गरिएको छ,’ फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने ।

प्रकाशित मिति: फाल्गुन ११ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend