Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फैसलापछि धरानमा जे देखियो

हाम्रो कोशी आवाज
फाल्गुन ११ २०७७, मंगलबार
फैसलापछि धरानमा जे देखियो

धरानः सर्वोच्च अदालतले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय उल्ट्याइदिएपछि धरानमा खुशीयाली छाएको छ ।
प्रचण्ड–नेपाल समूहका नेता–कार्यकर्ताहरु भानुचोकमा निस्किएर दीप प्रज्ज्वलन समेत गरे । पटका पनि पड्काए । प्रतिनिधिसभा पुनःस्थापनाको स्वागतमा प्रचण्ड–माधव पक्ष दीप प्रज्वलन गरेका हुन् । कार्यक्रममा बोल्दै सांसद जयकुमार राईले सर्वोच्चले सही पक्षमा फैसला गरेको बताए । कार्यक्रममा बोल्दै नेकपाका नेता नारायण सुवेदीले केपी ओलीले संसद् विघटन गरेर प्रतिगामी कदम चालेको तर अहिले सर्वोच्चले उल्टयाएर जनताको भावनाको कदर गरेको बताए ।
नेता–कार्यकर्ताले सर्वोच्च अदालत हाइहाइ, केपी ओली बाइबाइलगायतका नारा पनि लगाएका थिए । कार्यक्रममा नेता अइन्द्रविक्रम बेघाले सर्वोच्च अदालत हाइहाइ भन्दै नारा लगाए भने नेता राजमणि निरौलाले सबैलाई टिका लगाइदिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि वैशाख १७ र २७ गते नयाँ निर्वाचन गर्ने घोषणा गर्दै प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका थिए । सो निर्णयविरूद्ध सर्वाेच्च अदालतमा १३ रिट दर्ता भएको थियो । ती रिटमाथि संवैधानिक इजलासमा लामो बहस भएको थियो । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सम्मिलित संवैधानिक इजलासले पुस ५ को सरकारी निर्णय उल्ट्याउँदै संसद् पुनस्थापना गर्ने फैसला सुनाएको हो । प्रधानन्यायाधीशसहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले प्रतिनिधि पुनस्थापना गर्ने निर्णय गरेको हो ।
फैसलामा १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश समेत दिइएको छ । ‘संविधानको धारा ७६ को १ अनुसारको बहुमतको प्रधानमन्त्रीले धारा ७६ को ७ अनुसार संसद विघटन गर्ने संवैधानिक पूर्वसर्त अवस्था नभएको र प्रधानमन्त्रीले पुस ५ गते सिफारिस गरी राष्ट्रपतिले स्वीकृत गरी जारी गरेको विज्ञप्ति असंवैधानिक भएकोले संवैधानिक र कानुनी रूपमा शुन्य हुने गरी बदर गरिएको छ,’ फैसला सुनाउँदै प्रधानन्यायाधीश राणाले भने ।

 

प्रकाशित मिति: फाल्गुन ११ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend