Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कांग्रेसको लक्ष्य निर्वाचनः डा. प्रकाशशरण महत

हाम्रो कोशी आवाज
चैत्र २ २०७७, सोमबार
कांग्रेसको लक्ष्य निर्वाचनः डा. प्रकाशशरण महत

धरानः नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताएका छन् ।
नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको मूल लक्ष्य आमनिर्वाचनबाट बहुमतका साथ सत्तामा जाने रहेको बताए ।
उनले भने, ‘त्यो लक्ष्यबाट दायाँबायाँ गर्दैनौं ।’ उनले अहिले निर्वाचन नहुञ्जेलको अवस्थामा के गर्ने भन्ने कुरा संसद्को अङ्कगणितले निर्धारण गर्ने जनाए ।
उनले भने, ‘त्यो अङ्कगणित स्वाभाविक रुपमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने पक्षमा आयो भने कांग्रेसले त्यसको नेतृत्व लिन्छ र लिनुपर्छ भन्ने पार्टीमा आम राय छ ।’
नेता महतले कांग्रेस अरु कसैको नेतृत्वमा तथा अरुलाई समर्थन गरेर सरकारमा नजाने स्पष्ट पारे ।

प्रकाशित मिति: चैत्र २ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend