Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, सैनिकको मृत्यु

हाम्रो कोशी आवाज
चैत्र ३ २०७७, मंगलबार
पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, सैनिकको मृत्यु

धरानः पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।
सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।
दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएको थियो। उपचारका क्रममा साँझ उनको मृत्यु भएको हो।
मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए। मगरको शव सैनिक अस्पतालमा राखिएको छ। परिवारका सदस्य आएपछि शव बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति: चैत्र ३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend