Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राई कि खम्बु ?

हाम्रो कोशी आवाज
चैत्र ४ २०७७, बुधबार
राई कि खम्बु ?

नेपालका मै हुँ भन्ने बुद्घिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्रा.डा., विद्, विज्ञ आदिसमेत राई शब्दले नेपालका जात वा जाति जनाउँथ्यो कि पदवी वा पगरी मात्रै ? भन्नेबारेमा स्पष्ट छैनन् । ‘राई’ शब्दको व्युत्पत्ति ‘राय’ हो । ‘राय’ भन्नाले कर्णालीतिर ‘राजा’ अर्थ लाग्थ्यो । त्यस्तै राई पदवी वा पगरी बढीमा सेनकालदेखि पूर्वका किराँतीहरूलाई, केही मुख्खेली व्यक्तिहरूलाई दिइएको पदवी वा पगरी हो । उदाहरणका लागि ‘प्रधानमन्त्री’ केपी शर्मा ओली भनेजस्तै ।
बढीमा सेन वा शाह–राणाहरूको शासनकालदेखि नेपालमा केही सीमित व्यक्ति (मुख्खेली) हरूले मात्रै आफ्नो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ भनेजस्तै) ‘राय’ भूपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’-‘राई’ शब्द पञ्चायती व्यवस्थामा मात्रै रैती दुनियाँ (सर्वसाधारण जनता) ले आफ्नो नामको पछाडि लेख्न पाएका थिए, त्यो पनि भूमिसुधार ऐन-२०२१ गाउँगाउँ, टोलटोलमा व्यापक रूपमा लागू भएपछि ।
हुन त यो देशमा ‘राई’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान-देवान, डिठ्ठा, हुक्के, बडागुरुज्यू, पण्डित, बैठके, खजाञ्ची, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार-बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरू पनि प्रशस्तै थिए ।
तर राई पदवी वा पगरीबाहेक उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान-देवान, डिठ्ठा, हुक्के, बडागुरुज्यू, पण्डित, बैठके, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार-बहिदार, तोहले आदि पदवी वा पगरी पाएका ती मानिसका सन्तान दरसन्तानहरूले चाहिँ किन आफ्नो जात वा जाति उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान-देवान, डिठ्ठा, हुक्के, बडागुरुज्यू, पण्डित, बैठके, खजाञ्ची, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार-बहिदार, तोहले आदि हो भनी लेखेनन् ?
त्यस्तै ‘सबै जातको फूलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेअनुसार ‘…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो ।
जसले गर्दा थोरै जग्गा हुने राईहरूलाई मर्का पथ्र्थो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हुँदा धेरै जसो राईहरू नै खुसी । त्यस्तै चाल्र्स म्याकडग्लसले लेखेको ‘द कुलङे राई’ नामक किताबमा पनि ठाउँठाउँमा ‘… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर÷ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नाभनीस्टिक अफ ग्रुप मेम्बरसिप …, लेखिएको छ । साथै सन् २००७ को ‘विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रश्नोत्तर सुरु भएपछि यो पंक्तिकारले ‘वास्तवमा राई जात होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरूको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ ।’ भन्दा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राईले ‘भाइ, तपाईंले साह्रै रामो प्रश्न उठाउनुभयो, किनभने मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमिन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली राई बाबुले म पो राई, यी मेरा रैती/ढाक्रेहरू कसरी राई ? भनी बबाल गरेका थिए अरे !
कुलुङ जातिका अगुवाहरूले विसं २०५७-५८ देखि नै कुलुङ जाति अलग्गै जाति वा समुदाय हुन्, ‘राई’ होइनन् भन्दै आएका हुन् । किनभने कुलुङ जातिभित्रै ३ सय ८० भन्दा बढी थर, उपथरहरू छन्, त्यसैले कुलुङ–कुलुङबीचमै एकआपसमा बिहेबारी चल्ने गरेको छ भने वि.सं. २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको तथ्यांक अलग्गै जातिका रूपमा आइसकेको छ । कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ र कुलुङ भाषावक्ता संख्या ३३ हजार १ सय ७० जना रहेको छ । सोही आधारमा नै केन्दीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिलाई अलग्गै जातिगत कोड–६२ र भाषागत कोड-२९ उपलब्ध गराएको छ ।

प्रकाशित मिति: चैत्र ४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १२ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend