Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इन्धनको मूल्यवृद्धिः गाडी भाडा बढ्नसक्ने !

हाम्रो कोशी आवाज
चैत्र ५ २०७७, बिहिबार
इन्धनको मूल्यवृद्धिः गाडी भाडा बढ्नसक्ने !

फाइल तस्वीरः हाम्रो कोशी आवाज

धरानः यातायात व्यवसायीले गाडी भाडा बढाउनका लागि सरकारलाई दबाब दिन थालेका छन्। पटक-पटक इन्धनको मूल्य बढेकाले तत्काल सार्वजनिक सवारी साधनको भाडा बढाउन यातायात व्यवसायीहरूले दबाब दिन थालेका हुन्।
पछिल्लो ९ महिनामा ११ पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन आग्रह गरेको हो।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य, महासचिव सरोज सिटौलासहितको टोलीले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो सातासम्ममा सार्वजनिक सवारीको भाडा बढाउन आग्रह गरेका हुन्। अब पनि सरकारले भाडा नबढाए आफूहरु सवारीसाधन थन्क्याउन बाध्य हुने चेतावनीसमेत महासंघले दिएको छ।
२०६५ मा सरकारले तय गरेको वैज्ञानिक भाडा निर्धारण मापदण्डअनुसार गाडी भाडा बढाउनु पर्ने व्यवसायीको भनाइ छ।

प्रकाशित मिति: चैत्र ५ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend