Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आदिवासी जनजाति साहित्यकार महासंघमा मुकारुङ

हाम्रो कोशी आवाज
चैत्र ९ २०७७, सोमबार
आदिवासी जनजाति साहित्यकार महासंघमा मुकारुङ

धरान: साहित्यकार राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ।
ललितपुरमा सम्पन्न दुई दिने प्रथम राष्ट्रिय भेलाले केन्द्रीय कार्यसमिति चयन गरेको हो। भेलाले सात बुँदे घोषणापत्र पनि जारी गरेको छ। जसमा आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरू समेटिएका छन्।
महासंघको वरिष्ठ उपाध्यक्ष टंक सेलिङ र उपाध्यक्ष रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिँजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार चयन भएका छन्।
महासचिवमा बुद्ध योञ्जन लामा‚ सचिवमा लक्ष्मी रुम्बा, अन्वेश थुलुङ, प्रेमिला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याललाई भेलाले चयन गरेको छ। महासंघको कोषाध्यक्षमा उर्मिला गम्बा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन्।
त्यस्तै, सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ, रामलाल उराँव, कविराज तामाङ, गणेश कुमाल, चोमु शेर्पा ‘खुसी’, नेपोलियन चेपाङ, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ राई, सर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन्
महासंघको केन्द्रीय तदर्थ समितिको आयोजनामा ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ देशभरका आठ राज्य समितिका प्रतिनिधिहरु सहभागी थिए।
महासंघको ७ बुँदे घोषणापत्रमा आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरु सुनुवाई नभएको ठहर गरेको छ।
संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक भएता पनि व्यवहारतः लागु नभएको ठहर गर्दै विविधतासहितको नेपाली सौन्दर्यशास्त्रको निर्माण गर्न आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरुलाई मिहिन ढङ्गले बुझ्ने, बहस तथा अभिलेखीकरण गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: चैत्र ९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend