Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा १५ वर्षीया अजुमा टप टेनमा

हाम्रो कोशी आवाज
चैत्र १४ २०७७, शनिबार
धरानमा १५ वर्षीया अजुमा टप टेनमा

धरान–१६ स्थित शारदा बालिका नमूना स्कुलमा अध्ययनरत अजुमा राई १५ वर्षकी भइन् । उनी गीत गाउन खप्पिस छिन् । उनको खास घर धनकुटा हो । तर उनी धरानमा बसोबास गर्दै अध्ययनरत छिन् ।
सानैदेखि गीत गाउन खप्पिस उनी अहिले उनको मीठो स्वरको तारिफ हुन थालेको छ । स्कुलमा आयोजना हुँदै आएको गायन प्रतियोगितामा भाग लिएर केही पुरस्कार बटुलिसकेकी उनले करिब ८० प्रतिस्पर्धीलाई पछि पार्दै उनी पूर्वाञ्चल सिङ्गीङ स्टारको टप टेनमा पर्न सफल बनेकी छिन् । ‘मेरो स्वर र मिहिनेतकै कारण नेपाल आइडल सिजन १ का बिजेता बन्न सफल निशान भट्टराईका गुरु गायक, संगीतकार विशाल राई र धरानका गायक, संगीतकार विनुमा मोतेले छनौट गर्नुभएको छ’, उनले भेटमा भनिन् ।
गुड फ्राइडेको दिन साथीहरुले गाउन कर गरेपछि आफूले गीत गाएको र सबै साथीभाइले गीत खुब मन परेको भनेपछि आफू झनै हौसिएको उनले बताइन् । ‘खासमा साथीभाइकै करले गीत गाएको थिएँ, त्यतिबेलै मेरो स्वर राम्रो रहेछ भन्ने थाहा लाग्यो’, उनले भनिन्, ‘त्यसपछि स्कुलले आयोजना गर्ने गायन प्रतियोगितामा भाग लिएर पुरस्कार जित्न थालें ।’
उनी अहिले पूर्वाञ्चल सिङ्गीङ स्टारको टपमा परेको र सबैलाई जिताइदिन उनले आग्रह गरेकी छिन् । ‘सानै उमेरमा गीत गाएर पूर्वाञ्चल स्टारको टप १० मा परेकी छु, मलाई भोटको आवश्यकता परेकोले जितादिन हुन अनुरोध गर्दछु ।’
भोट गर्नको लागि एनसेल मोबाइलबाट मोबाइलको म्यासेज बक्समा गएर PSS type गरी एउटा स्पेश छोडी voting code 10 type गरी 34343 मा सेन्ड गरिदिन हुन अनुरोध गर्दछु ।

प्रकाशित मिति: चैत्र १४ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend