Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संघीयता भएपनि त्यसको कार्यान्वयन हुन सकेनः यादव

हाम्रो कोशी आवाज
चैत्र १७ २०७७, मंगलबार
नेपालमा संघीयता भएपनि त्यसको कार्यान्वयन हुन सकेनः यादव

धरानः जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने हो कि भन्ने आशंका पैदा भएको टिप्पणी गरेका छन् ।
मंगलबार रिपोर्टस क्लबको २३ औ‍ँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो टिप्पणी गरेका हुन् ।
लामो संघर्षपछि प्राप्त उपलब्धिहरुमाथि ग्रहण लागेको आभाष भएको उनको भनाइ छ । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महत्वपूर्ण उपलब्धि हो । कता न कता, संघीयता, समावेशीतामाथि ग्रहण लागेको हो कि भन्ने आभाष भएको छ ।’
नेपालमा संघीयता भएपनि त्यसको कार्यान्वयन हुन नसकेको उनले बताए । भएका कुरा पनि केन्द्रीकृत भएको उनको गुनासो छ ।
उनले भने, ‘देशमा संघीयता संस्थागत हुन्छ, देश समृद्धितर्फ अघि बढ्छ भन्ने लागेको थियो । मुलुक अगाडि बढ्छ भन्ने लागेको थियो । नेपालीले अब संघर्ष गर्नु नपर्ने हो कि भन्ने आशा थियो। तर त्यस्तो देखिएन ।’

प्रकाशित मिति: चैत्र १७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend