Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माधव नेपाल पक्षले अलग्गै पार्टी कार्यालय खोल्ने

हाम्रो कोशी आवाज
चैत्र १८ २०७७, बुधबार
माधव नेपाल पक्षले अलग्गै पार्टी कार्यालय खोल्ने

धरानः पार्टीभित्र समानान्तर कमिटी बनाएर अन्तर संघर्ष गर्ने बताएको माधव नेपाल पक्षले अलग्गै पार्टी कार्यालय खोल्ने भएको छ।
बुधबार आफूपक्षीय युवा संघको केन्द्रीय कार्यालय उद्घाटन गर्दै हालै निलम्बनमा परेका नेता माधवकुमार नेपालले नयाँ केन्द्रीय कार्यालय खोज्ने काम भइरहेको बताएका हुन्।
‘हाम्रो पनि भवनको खोजी जारी छ । कतै राम्रो ठाउँ पाउनुभए खबर गर्नुहोला, त्यो भन्दा ९थापाथलीको० पनि ठूलो र शानदार भवन हामीलाई चाहिन्छ । हामी धन्यवाद नै भन्ने छौं सहयोगका लागिु, नेता नेपालले भने।
सो कार्यक्रममा कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाइने भन्दै सबै जिल्लासम्म संगठन विस्तार गर्न नेपालले निर्देशन दिए। उनले सबै जनसंगठनहरुमा नयाँ नेतृत्वसहित कार्यालय सन्चालन गर्नुपर्ने बताएका छन्।
माधव नेपालनिकट नेता जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कार्यालयको लागि ठाउँ खोज्ने क्रम चलिरहेको बताए ।

प्रकाशित मिति: चैत्र १८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend