Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभरका ४४९ जंगलमा डढेलो

हाम्रो कोशी आवाज
चैत्र २२ २०७७, आइतबार
देशभरका ४४९ जंगलमा डढेलो

धरानः नेपालका विभिन्न ठाउँको वन क्षेत्रमा फेरि डढेलो बढेको छ । गएको बुधवार पानी परेपछि धेरै ठाउँको डढेलो निभेको भए पनि फेरि डढेलोको संख्या बढेको हो ।
वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार अहिले ५५ जिल्लाका चार सय ४९ वन क्षेत्रमा डढेलो लागिरहेको छ । अहिले सबैभन्दा धेरै सुर्खेतका ३८ ठाउँमा डढेलो लागिरहेको छ । यस्तै दाङका ३१, प्युठानका २६ तथा चितवन र सल्यानका २४÷२४ तथा बर्दिया र डोटीका २१–२१ ठाउँमा सक्रिय डढेलो रहेको छ ।
कैलाली, कञ्चनपुर, उदयपुरका, बाँके, कपिलवस्तु, मकवानपुरलगायतका जिल्लामा पनि अहिले सक्रिय डढेलो रहेको छ । वन विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीको तथ्याङ्कअनुसार गएको पुसपछि मात्रै देशका सबै जिल्लामा गरी ३८ सय चार वटा ठाउँको जङ्गलमा डढेलो लागिसकेको छ ।
जङ्गलमा फैलिएको डढेलोका कारण गएको हप्ता काठमाण्डौ उपत्यकासहित देशभरको वायु प्रदूषण बढेर विद्यालय नै बन्द गर्नुपरेको थियो । अहिले वायु प्रदूषणको मात्रा केही घटे पनि जङ्गलमा डढेलो फैलने क्रम बढेकाले फेरि वायु प्रदूषणको जोखिम बढेको वातावारणविद्ले बताएका छन् ।
केही दिन थोरै ठाउँमा भए पनि पानी परेकोले वायु प्रदूषण कम हुँदै गएको वातावरण विभागले जनाएको छ । वायु प्रदूषण कम भए पनि अवस्था भने अस्वस्थ नै रहेकाले आवश्यक सावधानी अपनाउन विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले आग्रह गरेका छन् ।

प्रकाशित मिति: चैत्र २२ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend