Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘नेपालमा हवाइजहाजको इन्धन महङ्गो भयो, अब सस्तो पार्नुपर्छ’

हाम्रो कोशी आवाज
चैत्र २३ २०७७, सोमबार
‘नेपालमा हवाइजहाजको इन्धन महङ्गो भयो, अब सस्तो पार्नुपर्छ’

धरानः संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले हवाइजहाजका लागि प्रयोग हुने इन्धन नेपालमा महंगो भएको भन्दै इन्धनको मूल्य अन्तर्राष्ट्रियरुपमा समान हुनुपर्ने बताएका छन् ।
हाल नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि प्रति किलो लिटर ८९३ रुपैयाँ कायम छ । जुन छिमेकी भारत र बंगलादेशको तुलनामा बढी हो ।
मन्त्री ढकालले विमानस्थलभित्रको धावनमार्गको सम्पूर्ण जग्गा विमानस्थलको नाममा नभएको उल्लेख गर्दै विमानस्थलको नाममा ल्याउने प्रक्रिया थाल्न समेत विमानस्थल प्रशासनलाई निर्देशन दिए ।
ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाइलाई विशेषरुपमा ध्यान दिन निर्देशन दिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्दै मन्त्री ढकालले विमानस्थलको सरसफाईलाई विशेष ध्यान दिन निर्देशन दिए । विमानस्थलमा अनावश्यक सामग्रीहरु पनि यत्रतत्र छरिएर रहेको भन्दै चुस्त दुरुस्त व्यवस्थापन गर्नुपर्ने बताए । सरसफाइका लागि विमानस्थलसँग पर्याप्त कर्मचारी रहेको भन्दै उनले कर्मचारीको कामको निगरानी राख्न पनि विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए ।

प्रकाशित मिति: चैत्र २३ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend