Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब सगरमाथा चढ्दा एकपटकमा १७० जनाभन्दा बढी चढ्न नपाइने

हाम्रो कोशी आवाज
बैशाख ८ २०७८, बुधबार
अब सगरमाथा चढ्दा एकपटकमा १७० जनाभन्दा बढी चढ्न नपाइने

धरानः पर्यटन विभागले सगरमाथामा अबदेखि एकपटकमा १७० जनाभन्दा बढी आरोहण गर्न पाउने व्यवस्था गरेको छ ।
विश्वकै अग्लो हिमशिखर आरोहणलाई व्यवस्थित बनाउन विभागले आरोहण अनुमतिपत्र नम्बरको आधारमा चढ्ने व्यवस्था गरेको हो ।
विभागले सगरमाथामा डोरी पुगेको मितिबाट सुरु भएको अनुकूल मौसमका लागि आरोहण अनुमति पत्रको आधारमा १५० देखि १७० जनाको संख्यामा चढ्न पाउने सूचना जारी गरेको छ ।
नयाँ नियमअनुसार अनुमतिप्राप्त व्यक्तिको आरोहणमा असहज अवस्था सृजना हुने भएमा सम्बन्धित एजेन्सीहरुले आपसी सहमति र समन्वयमा १७० को संख्या नबढ्ने गरी आरोहण गराउनुपर्नेछ ।

प्रकाशित मिति: बैशाख ८ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend