Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

उपत्यकाका तीनै जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा

हाम्रो कोशी आवाज
बैशाख १३ २०७८, सोमबार
उपत्यकाका तीनै जिल्लामा १६ वैशाखदेखि निषेधाज्ञा

धरानः उपत्यकाका काठमाडौँसहित ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ ।
कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएपछि तीनै जिल्लाका प्रमुखहरुले गृह सचिव महेश्वर न्यौपानेसँग परामर्श गरेका थिए ।
निषेधाज्ञामा के–के बन्द र के–के खुला गर्ने भन्ने कुरा केहीबेरमा सूचना सार्वजनिक हुँदैछ ।
आइतबार ९हिजो० काठमाडौँसहित उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका अत्यावश्यक बाहेकका सबै काम एक हप्ताको लागि बन्द हुने निर्णय भएको थियो ।

प्रकाशित मिति: बैशाख १३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend