धरानः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि विश्वास छैन भनी अविश्वासको प्रस्ताव प्रदेश सभामा प्रस्तुत भएको छ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले सो प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेका हुन्।
सोमबार प्रदेश सभाको बैठक सुरु हुनासाथ पोखरेलले सो प्रस्ताव प्रस्तुत गरेका हुन्।
प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टी ९जसपा० ले गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।
सो प्रस्तावमा पोखरेललाई नयाँ मुख्यमन्त्रीको उम्मेदवारको रुपमा प्रस्ताव गरिएको छ।
सो प्रस्तावमा तीन पार्टीका २८ सांसदले हस्ताक्षर गरेका छन्।
३ सांसद रहेको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा समर्थन गर्ने जनाएको छ।
६० सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको मत आवश्यक पर्छ।