धरानः सरकारले देशका मुख्य शहरहरूमा १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख मसान्तसम्रुम निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
बैठकले पहाडी तथा हिमाली जिल्लामा २०० सक्रिय संक्रमित भए र तराई मधेस तथा उपत्यकाकाका हकमा ५०० बढी सक्रिय संक्रमित भए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको छ । यो विषय पनि सीसीएमसीले सिफारिस गरेको थियो ।
मुख्य शहरहरू भनेको कुन–कुन हुन त ?
सबैको चासो र जिज्ञासा यसैमा छ । काठमाडौं उपत्यकाका तीन जिल्लासहित बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, राजविराज, हेटौँडा, भैरहवा, विराटनगर, इटहरी, धरान, विरगञ्ज, नेपालगञ्ज, धनगढी, जनकपुर, पोखरा, बुटवल, घोराही, तुलसीपुरलगायतलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले मुख्य शहरी क्षेत्रको भन्रुदै यसअघि नै सरकारलाई विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषदले सोही आधारमा मुख्य शहरी क्षेत्रमा बैशाख मसान्तभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । तर परिस्थिति हेरेर निषेधाज्ञा हुन सक्ने जनाइएको छ । निषेधाज्ञा जारी गर्ने जिल्लालाई अधिकार दिइएको छ ।