Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक, नेपालबाट विदेश जान भने पाइने

हाम्रो कोशी आवाज
बैशाख १४ २०७८, मंगलबार
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान रोक, नेपालबाट विदेश जान भने पाइने

धरानः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई परागमनको रूपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।
नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।
त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक प्रताप तिवारीले ट्रान्जिटका रूपमा त्रिभुवन विमानस्थल प्रयोग गर्दै आएका यात्रुहरुलाई रोक लगाइएको बताए । उनले भने, ‘विदेशबाट नेपालको विमानस्थल हुँदै तेस्रो मुलुक जाने यात्रुहरुलाई हाल रोक लगाइएको छ । भारतबाट नेपाल आउने यात्रुहरूका बारेमा भने थप निर्णय हुनेछ ।’
नेपालबाट विदेश जाने यात्रुहरूका लागि भने अहिलेसम्म कुनै निर्णय नभएको तिवारीले बताए ।

प्रकाशित मिति: बैशाख १४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend