Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयको आग्रह

हाम्रो कोशी आवाज
बैशाख १७ २०७८, शुक्रबार
सरकारी आदेश पूर्ण पालना गर्न गृह मन्त्रालयको आग्रह

धरानः गृह मन्त्रालयले सरकारी आदेश ९निषेधको आदेश० को पूर्ण पालना गर्न सर्वसाधारणमा आग्रह गरेको छ ।
मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यकबाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै आदेश अवधिभर अत्यावश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयले आज सूचना जारी गरी कोभिड(१९ को दोस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेकाले विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासका अतिरिक्त सबै सरोकार पक्षको सहयोग एवं सहकार्य जरुरी रहेको उल्लेख गरेको छ ।
गृह प्रवक्ता जनकराज दाहालले सरकारद्वारा जारी निर्देशन, स्वास्थ्य सुरक्षा मापदण्ड तथा प्रमुख जिल्ला अधिकारीबाट जारी भएका निषेधको आदेश पूर्ण रुपमा पालना गरी संक्रमण फैलिन नदिनका लागि सरकारी प्रयासमा सहयोग गर्न आग्रह गरे ।
कोभिड(१९ संक्रमण बढेकाले मुलुकका विभिन्न जिल्लामा आजदेखि एक साताका लागि निषेधको आदेश जारी भएको छ ।
काठमाडौं उपत्यकामा समेत निषेधाज्ञा जारी भएको छ । मुलुकमा आज झण्डै पाँच हजार नयाँ संक्रमित भेटिएका छन् । संक्रमितमध्ये करीब आधा काठमाडौं उपत्यकामा देखिन थालेका छन् ।

प्रकाशित मिति: बैशाख १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend