Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संक्रमितको उपचार व्यवस्था र शैंया सुनिश्चित गर्न सरकारसँग माग

हाम्रो कोशी आवाज
बैशाख १७ २०७८, शुक्रबार
संक्रमितको उपचार व्यवस्था र शैंया सुनिश्चित गर्न सरकारसँग माग

धरानः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथाम, संक्रमितको उपचार व्यवस्था र शैंया सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
आज (शुक्रबार) पत्रकार सम्मेलन गरी कांग्रेस सभापति देउवाले कोरोना संक्रमितको उपचारका लागि थप अस्पतालको व्यवस्था गर्न, आईसीयू, भेन्टिलेटर, बेडको संख्या थप्न, स्वास्थ्य पूर्वाधार तथा अक्सिजन, औषधि लगायत अन्य व्यवस्था मिलाउन उनले आग्रह गरेका हुन् । शुक्रबार पत्रकार सम्मेलन गरी देउवाले सरकारसामु ११ बुँदे माग अघि सारेका हुन् ।
पूर्व प्रधानमन्त्री देउवाले कोरोना संक्रमण भयावह बनेको तर सरकार त्यसप्रति गम्भीर नबनेको भन्दै आलोचना गरे । उनले लकडाउनको समयमा पनि किसानहरुको उत्पादनलाई सहज रुपमा ढुवानीको व्यवस्था मिलाउन माग गरे । यस्तै, उनले विदेशबाट आउनेहरुलाई प्रभावकारी रुपमा परीक्षण तथा होल्डिङ सेन्टरको व्यवस्थाका लागि स्थानीय तहलाई परिचालन गर्न पनि माग गरे ।
उनले बहुमत नपुगेका कारण वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकिएको बताएका छन् ।
शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गरी देउवाले बहुमत पुग्ने अवस्था बन्नासाथ अविस्वासको प्रस्ताव दर्ता गर्ने र त्यसका लागि दलहरुसँग कुरा भइरहेको जानकारी दिए ।
‘अविस्वासको प्रस्ताव फेल भयो भने एक वर्षसम्म फेरि राख्न पाइँदैन। अहिले प्रस्ताव राख्दा बहुमत नपुग्न सक्छ’ देउवाले भने, ‘अरु पार्टीसँग यो विषयमा कुरा भइराख्या छ । अहिले नै सबैकुरा भन्न मिल्दैन, यति बुझ्नुहोस् सरकार बनाउन बहुमत पुगेकै छैन ।’
कांग्रेसको महाधिवेशन प्रक्रियाबारे पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा देउवाले डाक्टरसमेत रहेका पार्टी महामन्त्री शशांक कोइरालालाई समेत कोरोना संक्रमण भएको उल्लेख गर्दै कोइरालाको सल्लाहअनुसार अघि बढ्ने बताए ।

प्रकाशित मिति: बैशाख १७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend