धरानः नबिल बैंकसँग मुथुट युनाइटेड फाइनान्स मिसिने भएको छ । शुक्रबार नबिलले युनाइटेडलाई प्राप्त गर्ने समझादारी पत्र९एओयू०मा हस्ताक्षर भएको युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले आर्थिकन्युज डटमकलाई बताए । नबिल बैंकका तर्फबाट उदयकृष्ण उपाध्याय र युनाइटेडका तर्फबाट मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरेको उनले बताएका छन् ।
नबिल बैंक र युनाइटेड फाइनान्स दुवै विदेशी संयुक्त लगानी भएका वित्तीय संस्था हुन् । युनाइटेडमा भारतको मुथूट फाइनान्समा भारतको मुथुटको २१ प्रतिशत लगानी रहेको छ भने नबिलमा ५० प्रतिशत लगानी विदेशी छ । युनाइटेड फाइनान्समा पनि चौधरी ग्रुपको ३६ प्रतिशत लगानी रहेको छ ।
नबिल बैंकले यूनाइटेड फाइनान्सलाई ३५ रुपैयाँको दरले प्राप्ति गर्ने समझदारी बनेको बताइएको छ । प्रारम्भिक सम्झौता अनुसार यूनाइटेड फाइनान्सको १०० कित्ता शेयर हुनेहरुले प्राप्तिपछि नवील बैंकको ३५ कित्ता शेयर पाउनेछन् ।
नेपाल राष्ट्र बैंकले क्रस होल्डिङ लगानी भएका वित्तीय संस्थालाई गाभ्ने नीति लिएका कारण नबिल र युनाइटेडलाई पहिलादेखि नै प्रेसर पर्दै आएको थियो । नबिल र युनाइटेड दुबै संस्थामा चौधरी समूहको लगानी छ । युनाइटेडमा वसन्त चौधरीको लगानी रहेको छ भने नबिल बैंकमा विनोद चौधरीको लगानी रहेको छ ।