धरानः देशका धेरै ठाउँमा पानी परेको छ । राति प्रदेश–१ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको मौसमविद्ले बताएका छन् ।
भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र तथा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशका सबैजसो ठाउँमा वर्षा भएको मौसमविद् समिर श्रेष्ठले बताएका छन् । आज दिनभरिनै मौसम बद्ली हुने अनुमान छ । आज पानी रोकिँदै पर्ने मौसमविद् श्रेष्ठले बताए ।
रातिको मौसम पनि यस्तै रहने अनुमान छ । भोलि पनि देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मेघगर्जन र चट्याङको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।