Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

हाम्रो कोशी आवाज
बैशाख १९ २०७८, आइतबार
मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

धरानः नेकपा एमालेका नेता शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् ।
संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
उनलाई आइतबार नै शपथ गराउने कार्यक्रम रहेको लुम्बिनी प्रदेशसभाका एक सदस्यले बताए । अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने भएपछि पोखरेलले आइतबार बिहान राजीनामा दिएका थिए ।
संसदीय दलको बैठकमा उनले बहुमत प्राप्त दलको हैसियतमा सरकार बनाउने ब्रिफिङ गरेका थिए । यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए।
यसअघि शंकर पोखरेलले एकल बहुमतको आधारमा सरकार गठन गर्ने तयारी गरिरहेको भन्दै प्रदेशसभाका ४० सांसदले प्रदेश प्रमुखलाई भेटेर सपथ रोक्न लिखित निवेदन दिएका थिए।
नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदले आइतबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर आफ्नो पक्षमा ४० सांसद रहेको दाबी गर्दै अहिलेको अवस्थामा एकल बहुमतको सरकार गठन रोक्न माग गरेका छन्।
८१ सदस्यीय प्रदेशसभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमला वली (खत्री) ले नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रोजेपछि एमालेको पक्षमा ४० सांसद सीमित रहेको छ ।

पोखरेललाई आजै शपथ गराउने तयारी भएको थियो । तर , नेकपाबाट निर्वाचित सांसद विमलाकुमारी खत्री माओवादीमा प्रवेश गरेपछि पोखरेलको एकल बहुमतको सरकार बनाउने योजना असफल भएको छ ।
यता तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश सभा सदस्य विमला खत्री ९वली०ले नेकपा एकता भंग भएपछि आफूले माओवादी केन्द्र रोजेको बताएकी छिन् । आइतवार मात्र उनले एमाले छाडेको चर्चा भएको थियो ।
सांसद खत्री ‘अपहरणमा परेको’ चर्चाका बीच आइतवार रुपन्देहीमा पत्रकार सम्मेलन गरी उनले माओवादी पार्टी रोजेको बताएकी हुन् ।
‘मेरो श्रीमान एमालेबाट चुनाव लड्नुभएको थियो, उहाँको निधनपछि म नेकपाबाट चुनाव लडें,’ पत्रकार सम्मेलनमा खत्रीले भनिन्, ‘पछि मलाई थाहा भयो, मलाई माओवादी साथीहरूले सहयोग गर्नुभएको रहेछ ।’
उनी माओवादी प्रवेश गर्दा लुम्बिनीमा सत्ता समीकरणमा प्रभाव परेको छ । उनी माओवादी प्रवेश गर्दा एमालेको एकल बहुमत गुमेको छ ।
मुख्यमन्त्री पदबाट राजीनामा गरेका शंकर पोखरेलले आइतवार नै फेरि मुख्यमन्त्रीको शपथ गर्ने कार्यक्रम रहेकोमा खत्रीको कदमपछि अन्यौलता भएको छ । पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका कुलबहादुर केसीले आफ्नो पक्षमा बहुमत पुगेको दाबी गरेका छन् ।

प्रकाशित मिति: बैशाख १९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend