Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निषेधाज्ञा थप कडाइ गर्ने तयारी, यस्ता छन् नयाँ प्रावधान

हाम्रो कोशी आवाज
बैशाख २१ २०७८, मंगलबार
निषेधाज्ञा थप कडाइ गर्ने तयारी, यस्ता छन् नयाँ प्रावधान

धरानः निषेधाज्ञाका बेला सञ्चालित खाद्यान्न, फलफूल तरकारी लगायतका अत्यावश्यक उपभोग्य वस्तु बोक्ने ढुवानीका सवारीहरूमा अब चालक र कामदार बाहेक अन्य व्यक्ति बस्न नपाउने भएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सक्रियतामा सोमबार बसेको निजी व्यवसायीहरुको प्रतिनिधि तथा छाता संगठनहरुको बैठकले यस्ता सवारी साधनहरुमा आवश्यक व्यक्तिहरुलाई मात्र गाडीमा बस्न दिने निर्णय गरेको हो ।
निर्णयसँगै बैठकले अबदेखि निषेधाज्ञामा सञ्चालन हुने प्रत्येक ढुवानीका साधनहरुले गाडीमा ढुवानीको प्रकृति उल्लेखित ब्यानर वा स्टिकर टाँस्नु पर्ने र गाडीमा को(को रहने हो सो को विवरण खुलाई जिल्ला प्रशासन कार्यालयमा पठाउनु पर्ने भएको छ ।
कोभिड–१९ को तिव्र सङ्क्रमणका बीच निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सुरक्षाको अधिकतम उपाय अपनाउँदै अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था र तोकिएका सेवा प्रवाहका लागि सरकारी कार्यालय र आवागमनका लागि यसअघि जारी गरिएका निषेधाज्ञामा थप केही कडा प्रावधान ल्याउनेबारे छलफल भइरहेको पनि बताइएको छ ।
सडकमा अत्यावश्यक कामका लागि हिँड्ने पैदलयात्रीले पनि त्यसको औचित्य र प्रमाण देखाउनुपर्नेबारे प्रावधान ल्याउनेगरी उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरु गृहकार्यमा जुटिरहेका छन् ।

प्रकाशित मिति: बैशाख २१ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend