Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

हाम्रो कोशी आवाज
बैशाख २३ २०७८, बिहिबार
ओलीले बोलाए एमाले स्थायी कमिटीको आकस्मिक बैठक

धरानः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बिहीबार केहि समयपछि बस्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा वैशाख २७ गते लिने विश्वासको मत, राष्ट्रियसभा उपनिर्वाचन र विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भएको छलफल ब्रिफ्रिङ हुनेछ ।
त्यसैगरी राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका झलनाथ(माधव समूहले कांग्रेस माओवादी सहितका अन्य दलसँग गठबन्धन गरेर अलग्गै उम्मेदवार उठाउन लागेको सन्दर्भमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बैशाख २३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend