Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘थिङ्क ट्याङ्क२०२२’ को स्थापनाको घोषणा

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
‘थिङ्क ट्याङ्क२०२२’ को स्थापनाको घोषणा

कोरियाः संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुन एकीकरणका अध्यक्ष एवम् बानकी मुनले एक एकीकृत कोरियाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको अध्यक्षलाई स्वीकारेका छन् ।
‘थिङ्क ट्याङ्क २०२२’ उपनाम दिइएको यस पहलले कोरियाली प्रायद्वीपको एकीकरणका लागि नयाँ अवसरहरूको खोजी गर्न विज्ञहरूको अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गर्दछ । १९५३ जुलाइमा कोरियाली युद्धमा बन्दुक बिसाइएपछि पनि सात दशकदेखि उत्तरमा कम्युनिष्ट र दक्षिणमा प्रजातान्त्र शासन गरी कोरियाको विभाजन भइरहेको छ ।
बानले यसलाई लामो समयदेखिको बाँकी रहेको एक पहलको रूपमा उल्लेख गरेका छन् । उनी आइतबारको छैटौं रयाली अफ होप (आरओएच अन्तर्राष्ट्रिय) मा कोरियाबाट आइतबार, मे,९, २०२० मा प्रसारण गरिएको कार्यक्रममा प्रत्यक्ष बोलेका थिए । ‘थिंक ट्याङ्क २०२२ लाई लक्ष्य, नेतृत्व, अथक परिश्रम र समर्पण चाहिन्छ, यो कुनै साधारण काम होइन ।’
थिङ्क ट्याङ्क २०२२ युनिभर्सल पीस फेडरेशनको एक परियोजना हो जुन स्वर्गीय डा. सन म्योङ मुन र उनकी श्रीमती डा. हाक जा हान मुनद्वारा स्थापित छ, जसले वर्तमानमा यस विश्वव्यापी अभियानको नेतृत्व गरेका छन् ।
यूपीएफका संस्थापकहरू दुवै वास्तवमा उत्तर कोरियाबाट आएका हुन् । उत्तरमा भएको शासनसँग उनीहरूको मैत्रीपूर्ण सम्बन्ध छ जुन ३० वर्ष अघि विकसित भएको थियो जब उनीहरूले प्योङगयाङगमा उत्तर कोरियाका संस्थापक र राष्ट्रपति किम इल सुंगलाई व्यक्तिगत रूपमा भेटे । यसको मतलब यो कामका लागि यूपीएफ आदर्श रूपमा अवस्थित छ ।
आरओएच ६ कार्यक्रम १९४ राष्ट्रहरुमा १० करोडको दर्शकहरुमाझ पुगेको छ । मिडिया प्रिन्ट, इलेक्ट्रोनिक र इन्टरनेट लगायत विश्वभर १७६ प्रसारण केन्द्रहरुमार्फत प्रसारण भएको डा. मुनको सचिवालयका अन्तर्राष्ट्रिय मुख्यालयका महासचिव एवं रयालीका प्रुमुख डा. युन योङ हो ले बताएका छन् ।
प्रतिष्ठित अन्तर्राष्ट्रिय वक्ताहरुमा दुई वर्तमान राष्ट्र प्रमुख, दुई नोबेल पुरस्कार विजेता र एस्ट्राजेनेका कोभिड १९ खोपको मुख्य विकासकर्ता मध्ये एकजना सम्मिलित थिए । विशेष रूपमा, प्रमुख वक्ताहरू थिए सामदेक हुन सेन, प्रधानमन्त्री, कम्बोडिया,मोहम्मद बाजुम, राष्ट्रपति, नाइजर,माइक पेन्स, उप–राष्ट्रपति, अमेरिकी संयुक्त राज्य ,माइक पोम्पीयो, संयुक्त राज्य अमेरिका सचिव, मार्क एस्पेर, संयुक्त राज्य सुरक्षा सचिव ,जोसे मानुएल बारोसो, राष्ट्रपति, यूरोपीयन आयोग,डेभिड ब्यासले, कार्यकारी निर्देशक, युएन विश्व खाद्य कार्यक्रम ,प्रो सारा गिलबर्ट, सह–विकासकर्ता, अक्सफोर्ड भ्याक्सिन, न्युट गिनरिच, सभामुख, संयुक्त राज्य अमेरिका प्रतिनिधि सभा सम्बोधन गरेका थिए ।
डा.मून थिङ्क ट्याङ्क २०२२ को संकल्प पत्रमा हस्ताक्षर गरेका छन् । कोभिड–१९ महामारी, वातावरणीय विनाश , गरिबी र असमानता, जातीय र साम्प्रदायिक सम्बन्ध र अन्तर्राष्ट्रिय सुरक्षा जस्ता विभिन्न मुद्दाहरूको सम्बोधन गरेको छ ।
–कोरियाबाट इमेलमार्फत्

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend