Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ? देउवा

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो ? देउवा

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीले प्रस्ताव गरेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दलका नेता देउवाले जनताले वाम गठबन्धनलाई झण्डै दुई तिहाई मत दिएको उल्लेख गर्दै तीन वर्षमै विश्वासको मत लिनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न गरे ।
उनले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे, ‘यो अवस्था तपाईंले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन रु’
उनले वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप पनि लगाए । देउवाले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार भएको, व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको ज्यान जोखिममा पारिएको आरोपसमेत लगाए ।

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend