Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देउवालाई प्रधानमन्त्री बनाउन नमान्ने बाबुराम भट्टराईको संकेत

हाम्रो कोशी आवाज
बैशाख २९ २०७८, बुधबार
देउवालाई प्रधानमन्त्री बनाउन नमान्ने बाबुराम भट्टराईको संकेत

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत भइरहेका बेला सहयोगी मानिएको जनता समाजवादी पार्टीकै संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले यसमा असहमति जनाउने संकेत गरेका छन्।
जसपामा अध्यक्ष महन्थ ठाकुर पक्ष नयाँ सरकार बनाउने पक्षमा नरहे पनि डा। भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीको विकल्प खोज्नुपर्ने विषयमा जोडदार रूपमा लागिपरेको छ।
तर यहीबीच बुधबार बिहान सामाजिक सञ्जालमार्फत डा। भट्टराईले देउवाको नेतृत्वमा सरकार बनाउन नमान्ने संकेत गरेका हुन्।
पूर्वप्रधानमन्त्री डा। भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्री बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्।
उनले देशको संकट समाधानका लागि ४ उपाय प्रस्तुत गर्दै संविधानको धारा ७६ ९२० बमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाई एक वर्षभित्र चुनाव गर्नुपर्ने धारणा अघि सारेका छन्।
डा। भट्टराईले लेखेका छन्, ‘देशको संकट हल गर्न यसो गरौं स् १। धारा ७६ ९२० बमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्वप्रम बाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं २। दलका प्रमुखरपूर्वप्रम रहेको निर्देशक समिति, ३। साझा न्यूनतम कार्यक्रमरकोभिड नियन्त्रण, टीआरसीरमुद्दा, संविधान संशोधन, आर्थिक राहत इ। लागू ४। एक वर्षभित्र चुनाव।’
गत सोमबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत हासिल गर्न नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्‍याई नयाँ सरकार गठनका लागि दिएको ३ दिनको समय भोलि वैशाख ३० गते सकिँदैछ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार गठन गर्ने भनिए पनि जसपाकै महन्थ ठाकुर पक्षले साथ नदिने भएपछि कसरी बहुमत पुर्याउने भन्ने विषयमा तीव्र छलफल चलिरहेका बेला साथ दिने भनिएकै पक्षका नेता डा। भट्टराईको फरक अभिव्यक्ति आएको हो।

प्रकाशित मिति: बैशाख २९ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend