Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि दावीका साथ जाँदै

हाम्रो कोशी आवाज
बैशाख ३० २०७८, बिहिबार
शेरबहादुर देउवा प्रधानमन्त्रीका लागि दावीका साथ जाँदै

धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकारमा आफ्नो नेतृत्वका लागि दाबी पेश गर्दै छन्। माओवादी केन्द्र, जनता समाजवादी पार्टीको समर्थनमा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष दाबी पेश गर्ने तयारी भएको कांग्रेस महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए।
एमालेका माधव नेपाल पक्षका नेताहरुसँग पहल जारी राखिएको र जसपाका नेताहरुसँग पनि भेटवार्ता जारी राखिएको कोइरालाले जनाए। ‘नयाँ सरकार गठनका लागि पहल जारी छ। दिनभरमा केही होला,’ महामन्त्री कोइरालाले भने।
देउवाले तीन दलको छलफललाई अझ घनीभुत बनाउन पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण र रमेश लेखकलाई खटाएको कोइरालाले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत गुमाएसँगै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उक्त समय आज राति ९ बजे सकिँदैछ।

प्रकाशित मिति: बैशाख ३० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend