धरानः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ ।
‘प्रचण्ड’ बिहीबार (आज) वैकल्पिक सरकार गठनको समय सीमा सकिनै लाग्दा बूढानीलकण्ठ पुगेर देउवासँग भेटवार्ता गरेका हुन् ।
स्रोतका अनुसार देउवा र प्रचण्डबीच समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने सहमति भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) को सरकार गठनका लागि आज राति ९ बजेसम्म समयसीमा दिएकी छन् । तर, यो अहिलेसम्म विपक्षी गठबन्धनको बुहमत पुगेको छैन् ।
उनीहरूबीच नयाँ सरकार निर्माणकाे विषयमा छलफल भएको हो । दुई नेताबीच समयमै बहुमतीय सरकार निर्माण गर्ने सहमति जुटेको छ ।
देउवाले आजै जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँग पनि छलफल गरेका थिए ।