Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज साँझ मन्त्रिपरिषद बैठक, सार्वजनिक खरिद प्रक्रिया संशोधन गर्न अध्यादेश ल्याउने तयारी

हाम्रो कोशी आवाज
जेष्ठ ३ २०७८, सोमबार
आज साँझ मन्त्रिपरिषद बैठक, सार्वजनिक खरिद प्रक्रिया संशोधन गर्न अध्यादेश ल्याउने तयारी

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरिदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा छलफल हुने एक मन्त्रीले  बताए ।
आइतवार बसेको कोभिड १० संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठकमा प्रधानमन्त्रीले प्रक्रियागत ढिलासुस्तीका कारण कसैको ज्यान जान नहुने बताएका थिए ।
कोभिड १९ नियन्त्रणका लागि गर्नुपर्ने खरिद प्रक्रिया ढिलो र झन्झटिलो भएकाले त्यसलाई संशोधन गर्न आवश्यक तयारीका लागि कानून मन्त्रालयलाई ओलीले निर्देशन दिएका थिए ।
आज बस्ने मन्त्रिपरिषद बैठकले खरिद प्रक्रियासम्बन्धी कानून संशोधन गर्न अध्यादेश ल्याउन सिफारिस गर्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: जेष्ठ ३ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend