Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘त्यो पर्दैन’ भन्दै सपथ खाएका ओलीविरुद्ध परेका ७ रिट प्रधानन्यायाधीश जबराको इजलासमा

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७८, मंगलबार
‘त्यो पर्दैन’ भन्दै सपथ खाएका ओलीविरुद्ध परेका ७ रिट प्रधानन्यायाधीश जबराको इजलासमा

धरानः सपथग्रहणका क्रममा ‘त्यो पर्दैन’ भनेका प्रधानमन्त्री ओलीविरुद्ध परेका ७ वटा रिटहरूको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासमा हुने भएको छ ।
अल्पमतको प्रधानमन्त्रीका रूपमा गत वैशाख ३१ गते सपथ लिएका ओलीले राष्ट्रपतिबाट सपथ खाने क्रममा ‘त्यो पर्दैन’ भनेका थिए ।
ओलीले पुनः सपथ लिनुपर्ने भन्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसहित अन्य अधिवक्ताहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
ती रिटहरूको पेशी आज तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नै एकल इजलासमा ती रिटहरूको पेशी तोकेका हुन् ।

प्रकाशित मिति: जेष्ठ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend