Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विवाद मिलाउन एमाले कार्यदलको पहिलो बैठक आज बस्दै

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७८, मंगलबार
विवाद मिलाउन एमाले कार्यदलको पहिलो बैठक आज बस्दै

धरानः नेकपा एमालेभित्र जुटेको सहमति कार्यान्वयनका आधार तय गर्न बनेको एमाले कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ ।
जेठ २ गते बनेको कार्यदलको पहिलो बैठक मंगलबार ९आज० दिउँसो तीन बजे सिंहदरबारमा बस्न लागेको हो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदल संयोजक समेत रहेका नेता सुवास नेम्वाङले बैठक दिउँसो तीन बजे बस्न लागेपनि को–को सदस्य उपस्थित हुन्छन् भन्ने अझै तय नभएको जानकारी दिए। आजको बैठकमा विवाद मिलाउने विषयमै छलफल हुने बताइएको छ। कार्यदलको हिजो तय बैठक वरिष्ठ नेता माधवकुमार नेपालका पक्षका संयोजक रहेका नेता भीम रावलको आँखा अस्वस्थताका कारण बस्न सकेको थिएन ।
कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन् ।
गत २३ फागुनमा सर्वोच्च अदालतको आदेशले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकीकरण बदर भएपछि एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएका थिए। त्यससँगै एमालेमा अध्यक्ष ओली र माधव नेपाल पक्षबीच विवाद शुरू भएको थियो ।
नेपाल पक्षले अध्यक्ष ओलीले एकतर्फी गरिएका निर्णय बदर गर्दै एमालेलाई माओवादीसँग एकीकरण हुनअघि २ जेठ, २०७५ मा फर्काउनु पर्ने अडान राखेका छन्। यहि विवाद मिलाउन एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले ५ण्५ सदस्यीय कार्यदल बनाएका हुन्। तीन दिन म्याद दिइएको कार्यदलको बैठक पहिलो दिन बस्न नसकेपछि आज तय गरिएको हो ।

प्रकाशित मिति: जेष्ठ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend