Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एमाले कार्यदलको पहिलो बैठक सिंहदरबारमा सुरु

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७८, मंगलबार
एमाले कार्यदलको पहिलो बैठक सिंहदरबारमा सुरु

धरानःनेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँचरपाँच गरी १० सदस्यीय कार्यदल बनाएर उनीहरुलाई समाधानको उपाय खोज्न जिम्मेवारी दिइएको थियो ।
कार्यदलमा ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षका नेताहरू भीम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

प्रकाशित मिति: जेष्ठ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend