Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माधव नेपाल समूहबाट युवा नेता जीवन राईले दिए दल दर्ताका लागि निवेदन

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७८, आइतबार
माधव नेपाल समूहबाट युवा नेता जीवन राईले दिए दल दर्ताका लागि निवेदन

धरानः नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) दर्ता भएको छ ।
नेकपा (एकीकृत) को उपाध्यक्षमा कल्पना गुरुङ, महासचिव विनोद खुलाल, सचिव ऐनविक्रम कुँवर र कोषाध्यक्ष सुशील खनाल रहेको पदाधिकारी रहेको निर्वाचन आयोग स्रोतले बताएको छ । झलनाथ खनाल–माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारी गरिरहँदा नेपालनिकट युवा नेताहरुले दर्ता गराएको नेकपा एकीकृत नै नेपालको पार्टी रहेको चर्चा चलेको छ । अनेरास्ववियुको उपाध्यक्षमा पराजित भएदेखि पार्टीमा कुनै जिम्मेवारी नपाएकाले आफूहरूले अलग पार्टी दर्ता गरेको उनको भनाइ छ । पार्टीको चुनाव चिन्ह कलम दाबी गरिएको राईले बताए ।


नेकपा (एमाले) का दुई पक्षबीच विवाद चर्किरहेका बेला ती युवाले  निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुका पूर्वनेता जीवन राईले नेकपा (एकीकृत) नामको दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । उनी अध्यक्ष रहेको पार्टीको चुनाव चिह्न कमल राखिएको छ ।
राई काठमाडौंस्थित पशुपति क्याम्पसका पूर्वविद्यार्थी नेता हुन् । संखुवासभा घर भएका राईले शुक्रबार दल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् । जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएको उनले जानकारी दिए ।
स्रोतका अनुसार शनिबार बसेको एमालेको नेपाल–खनाल समूहको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको थियो । एमाले फुटको संघारमा पुगेका बेला निर्वाचन आयोगमा एमालेका युवा नेताले नयाँ दल दर्ताका लागि निवेदन दिनुलाई अर्थपूर्ण ठानिएको छ ।
आइतबार अन्तर्वार्तामा पनि एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल खोल्ने निर्णयमा पुगिएको बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद चुलिँदै जाँदा नेपाल पक्ष नयाँ दल खोल्नेसम्मका छलफल गरिरहेका छन् ।
‘यो विवाद धेरै लामो समयदेखि चल्दै आएको छ । तल्लो तहका कार्यकर्ताबाट पनि नयाँ दल खोल्नका लागि दबाब छ,’ नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘ढिलोचाँडो नयाँ दल खुल्छ । अहिलेको संरचना पनि त्यसैको अभ्यास हो ।’

प्रकाशित मिति: जेष्ठ ९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend