Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षलाई कारबाही गर्ने सम्भावना

हाम्रो कोशी आवाज
जेष्ठ १० २०७८, सोमबार
आज एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षलाई कारबाही गर्ने सम्भावना

धरानः आज सोमबार नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ।
प्रधानमन्त्रीको सरकारी निवास ९बालुवाटार० मा आज अपराह्न ४ बजे एमालेको स्थायी कमिटी बैठक बस्ने भएको हो।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले माधव नेपाल पक्षका नेतालाई मागेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने जानकारी दिए।
उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दाबीसहित सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण मागिने बताए।
‘विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्छ। ती हस्ताक्षर गर्नेलाई थप स्पष्टीकरण सोधिनेछ,’ उनले भने।
यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण बुझाउने आज अन्तिम समयसीमा हो। रासस
यो पनि नेपाल खनाल समूहले ओलीलाई स्पष्टीकरण नबुझाउने

प्रकाशित मिति: जेष्ठ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend