धरानः कुनै संस्थाका मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई प्रेस काउन्सिल नेपालले दर्ता र सूचीकरण नगर्ने निर्णय गरेको छ ।
काउन्सिलको सोमबार बसेको बैठकले मुखपत्रका रूपमा सञ्चालित अनलाइनलाई दर्ता नगर्ने र सूचना तथा प्रसारण विभाग र अन्य सम्बन्धित निकायलाई पनि दर्ता नगर्न आग्रह गर्ने निर्णय गरेको कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
