Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०७८, मंगलबार
प्रतिनिधिसभा विघटनबारे पूर्वसभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा

धरानः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखसँग परामर्श गर्दैछन् ।
संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल डाकिएको नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेलले जानकारी दिए ।
यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
२०४८ साल यता दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्वसभामुख छन् ।
छलफलमा सभामुख सापकोटाले उनीहरुबाट सल्लाह सुझाव लिने बुझिएको छ ।

प्रकाशित मिति: जेष्ठ ११ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend