Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सबै दललाई सरकारमा आउन ओलीले फेरि गरे निम्तो

हाम्रो कोशी आवाज
जेष्ठ १४ २०७८, शुक्रबार
सबै दललाई सरकारमा आउन ओलीले फेरि गरे निम्तो

धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनका लागि सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले गरेको संसद् विघटन र चुनावको घोषणालाई प्रतिगमन भएको भन्नु गलत भएको दोहोरयाउँदै यस्तो आग्रह गरेका हुन् ।
यसअघि पनि पटक पटक पत्रकार सम्मेलन गर्दै उनले यस्तै सार्वजनिक आव्हान गर्दै आएका थिए । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यस्तो दलिल दोहोरयाएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा चुनावी सरकार बनाउन प्रस्ताव गरेका हुन् । उनले आफू नेतृत्वको सरकारलाई चुनावी सरकार बनाउने र यही सरकारमा सबै राजनीतिक दल सहभागी हुन प्रस्ताव गरे । ताजा जनादेशमा जाने कुरा प्रतिगमन नभएको भन्दै उहाँले एक पटक फेरि ताजा जनादेश लिएर सरकार सञ्चालन गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै आउँदो कात्तिक २६ र मङ्सिर ३ गतेका लागि मध्यावधि चुनाव तोकेका छन् ।
यस विषयमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । यसबारेको बहस संवैधानिक इजलासमार्फत सुरु भएको छ । सरकार बचाउन अन्य दललाई फुटाउने काम गर्नु अनैतिक कार्य भएको पनि उनले जनाएका छन् ।
जबकि सरकार टिकाउन अरू दल फुटाउने सर्वाधिक धेरै प्रयत्न गरेको आरोप उनीमाथि छ । प्रतिनिधिसभा पुरै अवधि चलोस् भन्नेमा आफूले कुनै कसर बाँकी नराखेको उनले बताए ।

प्रकाशित मिति: जेष्ठ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend