Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

८ मन्त्रालय लिएर ओली सरकारमा, भेडा भेडातिर, बाख्रा बाख्रातिरः बाबुराम भट्टराई

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०७८, सोमबार
८ मन्त्रालय लिएर ओली सरकारमा, भेडा भेडातिर, बाख्रा बाख्रातिरः बाबुराम भट्टराई

धरानः प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षलाई ८ मन्त्रालय दिन सहमत भएका छन् ।
सोमबार बालुवाटारमा भएको भेटवार्तामा यस्तो सहमति भएको बालुवाटार स्रोतले दाबी गरेको छ । ‘राजेन्द्र महतोको नेतृत्वमा ८ मन्त्री र २ राज्यमन्त्री लिएर उहाँहरू सरकारमा आउन सहमत हुनुभएको छ,’ बालुवाटार स्रोतले पुष्टि गरयो ।
सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो । राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन् ।
सरकारमा राजेन्द्र महतो, उमाशंकर अरगरिया, शरतसिंह भण्डारी, अनिल झा र विमल श्रीवास्तव जाने पक्कापक्की भइसकेको छ । सरकार पार्टीबाट को को जाने भन्नेबारेमा टुंगो नलागेको उनी बताउँछन् ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आइतवार अबेर राति ‘भेडा भेडासँग र बाख्रा बाख्रासँग’ हुनुपर्ने भन्दै जसपा विभाजनलाई स्वाभाविक लिनुपर्ने आशयको ट्वीट गरे । माओवादी केन्द्रबाट नयाँ शक्ति हुँदै उपेन्द्र यादवसँगको पार्टी एकतापछि राष्ट्रिय जनता पार्टीसँग एकीकरण गरेर डा. भट्टराई संघीय परिषदको अध्यक्ष बनेका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका उनी माओवादी केन्द्रमा रहँदा प्रभावशाली नेताका रूपमा चिनिन्थे । अहिले उनी जसपामा निष्क्रिय अर्थात सेरेमोनियल पद लिएर बसेका छन् ।
उनले ट्वीटमा लेखेका छन् –‘अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामूहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माणनिम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतःमान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ । हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिंडिरहे फेरि भेट हुनेछ ।’
अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो।नयाकक निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ । अतःमान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडाभेडासँग र बाख्राबाख्रासँग हुन दिउँ, हात मिलाएर आ–आफ्नो बाटो लागौं । हिँडिरहे फेरि भेटहुनेछ ।

प्रकाशित मिति: जेष्ठ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend