धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले भोट आकर्षित गर्ने खेलमा सरकारले नलाग्ने बताएका छन् ।
युवा संघको बैठकलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ‘चुनाव जितिन्छ कि हारिन्छ भन्ने होइन, व्यक्ति जित्छ कि हार्छ भन्ने होइन, सरकारले लोकतन्त्र जित्छ कि हार्छ भन्नेमा केन्द्रित छ’, प्रधानमन्त्री ओलीले भने, ‘कुन पार्टी जित्छ कि जित्दैन त्यो सरोकारको विषय होइन, जनता जित्नुपर्ने मान्यता छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपाल समूहले विधि–पद्धतिका नाममा अराजकता खडा गरेको समेत उनले बताए ।
‘नावश्यक खालको अनुचित तानातान, खिचातानी, अस्वस्थ खालको गतिविधि, त्यो निरन्तर चलिरह्यो । निर्दलीय, अनुशासनहीन र अराजक क्रियाकलाप खुलेआम भए,’ उनले नेपाल समूहलाई आरोपित गर्दै भने, ‘सगर्व गरे । यति निर्लज्ज त मैले डेमोक्रेसीमा मैले कहिल्यै देखेको छैन । डेमोक्रेसीमा मूल्य–मान्यता छाडेर फ्लोर क्रस गर्ने गराउने, बागीविद्रोही उमेदवार उठ्ने उठाउने, बागीविद्रोहीलाई सगौरव घोषणा गर्ने, जिताउन मत हाल्ने, यो कुरा पत्रकार महासंघको चुनावमा पनि देखियो । वाग्मतीमा पनि देखियो । र, हामी एक्लै बहुमतमा थियौँ पार्टीभित्रबाट खुलेआम अन्तरघात गरेर, अनुशासनहीनताको नांगो नाच प्रस्तुत भयो ।’