Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत

हाम्रो कोशी आवाज
जेष्ठ १८ २०७८, मंगलबार
वरिष्ठताको आधारमा इजलास गठन गर्न प्रधानन्यायाधीश राणा सहमत

धरानः संवैधानिक इजलास सम्बन्धि विवादलाई हटाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले अबको एक हप्ताभित्र वरियताको आधारमा संवैधानिक इजलास गठन गर्ने भएका छन् ।
आज मंगलवार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यसँगको छलफलपछि राणा वरिष्ठताको आधारमा एक साताभित्र इजलास गठन गर्न सहमत भएका हुन् ।
प्रधानन्यायाधीशसँगको भेटपछि अध्यक्ष पूर्णमान शाक्यले संचारकर्मीहरुसँग कुरा गर्दै संवैधानिक इजलासमा भविष्यमा पनि आउन सक्ने विवादलाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । ‘संवैधानिक इजलास गठन सम्बन्धमा सहमति भएको छ,ु उनले भने, ुकुनै कारणले न्यायाधिश संवैधानिक इजालासमा बस्न नसक्ने अवस्था आयो भने, उ भन्दा तलको सिनियर जो छ उसलाई ल्याएर इजलास गठन गर्ने कुरामा सहमति भएको छ ।ु
आज इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबिच छलफल भएको थियो ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाई गर्नका लागि गठन भएको संवैधानिक इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठबारे आइतवार प्रश्न उठेको थियो ।
उनीहरुमाथि प्रश्न उठेपछि न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले उनीहरु बाहिरिनु उपयुक्त भएको सुझाएका थिए ।

प्रकाशित मिति: जेष्ठ १८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend