धरानः नेकपा एमालेको ओली पक्षले माधव पक्षसँग पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ।
मंगलबार ९आज० अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको बालुवाटारमा बसेको बैठकले पार्टी एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको हो ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले यद्यपि अहिले पनि आफूहरुको प्रयास पार्टी एकता जोगाउने र धेरैभन्दा धेरै साथीहरु मुलधारमा राख्ने भएको बताए ।
सोमबार ९हिजो० साँझ मात्र अध्यक्ष ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तहका नेताहरुबीच छलफल भएको थियो। तर, औपचारिक वार्ता भने सुरु हुन सकेको छैन ।
त्यस्तै, स्थायी कमिटीको बैठकमा लुम्बिनी प्रदेशतर्फ भएको राष्ट्रियसभा उपचुनावको समीक्षा भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। उनले भने, ‘सबै विपक्षी मिल्दा एमालेको मत नपुग्ने भएपनि आफूहरुले गरेको प्रयत्नले विजय नजिक हुँदा–हुँदै चुनावमा अन्तरघात भएको बैठकले निष्कर्ष निकालेको छ। यसबारे थप अध्ययन गरेर आवश्यक निर्णय गर्ने र्छौं ।’