धरानः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सरकारी वकिलहरुलाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि प्रधानन्यायाधीश जबराले मुद्दाको चेतावनी दिएका हुन् ।
दोस्रोपटक भएको प्रतिनिधिसभा विघटनको रिट निवेदनको सुनुवाइका लागि ‘पिक एण्ड चुज’का आधारमा इजलास गठन गरेपछि विवादमा तानिएका राणाले गएको शुक्रबार भने वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए ।
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले झलनाथ–माधव० सहित पाँच दलले रिट हालेका छन् ।