धरानः काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु ९सिडिओ० को बैठक आज बस्दैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय सोमबार सकिनै लाग्दा थप निर्णय गर्न आज बैठक बस्न लागेको हो ।
बैठक दिउँसो २ बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बस्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । उनले थप एक साता निषेधाज्ञा लम्बिनसक्ने बताए । तर, यसबारे थप निर्णय आजको बैठकमा हुने बताए ।
अब थपिने निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन हुने उनले बताए । संक्रमण केही घटेपनि जोखिम कायमै रहेको भन्दै उनले केही खुकुलो बनाएर निषेधाज्ञा थपिनसक्ने बताए ।