Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘युट्युबलगायत सामाजिक सञ्जाल र पत्रकारितालाई एकै ठाउँ नराखौं’

हाम्रो कोशी आवाज
असार ४ २०७८, शुक्रबार
‘युट्युबलगायत सामाजिक सञ्जाल र पत्रकारितालाई एकै ठाउँ नराखौं’

धरानः सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो, भिडियो सामग्रीमा पत्रकारिता भए, नभएकोबारे बहस गर्नुपर्ने आवश्यकता औँल्याए । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिलले छलफल शुरु गरेको जानकारी दिए ।
पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै सोसियल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने बताए । अनलाइन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले सोसियल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने बताए । अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो, भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गरे ।

प्रकाशित मिति: असार ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend