Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरिया जान परीक्षा उत्तीर्ण भएकाले पुन: मेडिकल परीक्षण गर्नुपर्ने

हाम्रो कोशी आवाज
असार १० २०७८, बिहिबार
कोरिया जान परीक्षा उत्तीर्ण भएकाले पुन: मेडिकल परीक्षण गर्नुपर्ने

धरानः ईपीएसमार्फत कोरिया जान सन् २०१९ मा भाषा परीक्षा उत्तीर्ण भएकाहरूलाई पुनः मेडिकल परीक्षण गराउनुपर्ने भएको छ ।
२०१९ यता विभिन्न मितिमा मेडिकल गरेका तर लेबर कन्ट्रयाक नआई रोस्टर गुज्रिएकाहरुले पहिले परीक्षण गराएकै अस्पतालहरूबाट पुनः मेडिकल परीक्षण गराउनुपर्ने वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।
काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल ललितपुर र नेपाल–कोरियामैत्री अस्पताल थिमिबाट उनीहरूले जनही दुई हजार २०० रुपैयाँ तिरी मेडिकल परीक्षण गराउन सक्नेछन् ।
पहिले निजामती कर्मचारी अस्पतालमा स्वास्थ्य परीक्षण गराएकाहरूले टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षण गराउनु पर्ने छ। निजामती कर्मचारी अस्पतालले विशेष कारणवश स्वास्थ्य परीक्षण नगर्ने जानकारी प्राप्त भएकाले शुक्रराज ट्रपिकल अस्पतालमा परीक्षणको व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

प्रकाशित मिति: असार १० २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend